Pages

Thursday, March 30, 2017

पाकिस्तानमा सगरमाथा।

पाकिस्तानको इस्लामावादमा भएको नेपाल म्युजिकल नाइटको एकझलक जसमा सगरमाथा पृष्ठभूमिमा राखिएको थियो। त्यस्तै नेपालको अन्य साँस्कृतिक पहिचान झल्काउने तस्वीर।

Wednesday, March 29, 2017

झिल्केको सेल्फी।

एउटा म्युजिक विडियो शूटिंगमा मोडेल सँग सेल्फी खिच्दै वी जे /मोडेल रोशन लामा

Tuesday, March 28, 2017

हाम्रो बाजा।

हामी नेपालीहरुको मौलिक बाजा बाँसुरी,सारंगी र मादल

Monday, March 27, 2017

४ को ३।


रेडियो नेपालद्वारा आयोजित आधुनिक गित प्रतियोगिता तर्फ प्रदेश नम्बर ४ पोखराबाट तेस्रो स्थान प्राप्त गर्दै गायक गंगाधर पराजुली।

Sunday, March 26, 2017

र्याप किङ्ग झापामा।

आज झापामा कार्यक्रमको लागि जाने क्रममा र्याप किङ्ग गिरिश

Saturday, March 25, 2017

सङ्गीत र संस्कृति।

संस्कृति र सङ्गीतको एउटा अनुपम नमुनामा नेवार समुदाय।

Friday, March 24, 2017

मिलनको उम्म्म।

युनिलिवर सुपर स्टार धमाका सँगै सेल्फी मूडमा मिलन अमात्य

Thursday, March 23, 2017

मेलम्ची पानीले धिरजलाई।

अर्किटेक इन्जिनिएरको हैसियतले आफ्नो काममा गायक धिरज राई

Wednesday, March 22, 2017

दोहोरी गाउन ठिक्क पर्दै।

लोक गायक सागर गुरुङ र कालिका रोक्का मझेरी रोधी घरमा दोहोरी गाउन साँस्कृतिक भेषभुषामा।

Tuesday, March 21, 2017

वरिष्ठ गायक सङ्गीत कक्षामा।

वरिष्ठ गायक रामभक्त जोजिजु एउटा सङ्गीत कक्षामा आफ्ना अनुभव बाँड्दै।

Monday, March 20, 2017

आज दुइटा गीत पछि बसन्त।


आज दुइटा गीत रेकर्डिंग पछि सङ्गीतकार बसन्त सापकोटा गायक राजेश पायल राई र प्रमोद खरेलसँग फरक फरक फोटोमा।

Sunday, March 19, 2017

गुरुदेव कामतको २० औं एकल कार्यक्रम।

शास्त्रीय सङ्गीतको एक चर्चित नाम गुरुदेव कामत। उहाँको २० औं एकल कार्यक्रमको एक झलक।

Saturday, March 18, 2017

मनमैजुमा निर्णय।

काठमाडौँको मनमैजुमा भएको कन्सर्ट एवं संस्कृतिक कार्यक्रम २०७३ मा आफ्नो प्रस्तुति दिंदै चर्चित गायक निर्णय डी एन एस के।

Friday, March 17, 2017

ललितपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती प्रभातफेरी।



ललितपुर उद्योग वाणिज्य संघ स्थापनाकालको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउने क्रममा आज मंगलबजार देखि पुल्चोक,जावलाखेल,कुमारीपाटी,लगनखेल प्रभातफेरी गरिएको छ।त्यसैक्रममा धा:बाजाको एक झलक।

Thursday, March 16, 2017

पाटन ढोकामा सुरसुधा।

पाटन ढोकामा सम्पन्न सुरसुधाको विशेष प्रस्तुतिको एक झलक।

Wednesday, March 15, 2017

गैंडाकोट महोत्सव सम्पन्न।

गैंडाकोट साँस्कृतिक तथा व्यापारिक मेलाको एक दृष्य। जसमा गायक/सङ्गीतकार टंक बुढाथोकी प्रस्तुति दिंदै।

Tuesday, March 14, 2017

सुर सुधासँग डाक्टर।

लोकप्रिय फ्युजन समूह सुर सुधासँग फ्रान्सेली कलाकार डा. बुर्नो गेप्लर (Dr. Burno Gepler ) एक साँगीतिक सेस्सनमा।

Monday, March 13, 2017

तराई होली।

गायक सन्जय चौधरी आफ्नै आँगनमा फगुवा खेल्दै।

Sunday, March 12, 2017

लैनचौरमा होलीको साँगीतिक रङ्ग।

होलीमा विभिन्न ठाउँमा साँगीतिक कार्यक्रम भए त्यसमध्ये लैनचौरको झलक।

Thursday, March 9, 2017

"मिलन बिछोड" गीतको सम्पूर्ण काम सकियो।


लोकेश शर्माको एकल सब्द , राम सिटौलाको एकल संगीत , प्रेम मोक्तानको एकल स्वर रहेको अब बजारमा आउन लागेको जम्मा पाँच गीतको यो संग्रहको सबै काम अन्तिम चरणमा पुगेको जानकारी सङ्गीतकार राम सिटौलाले गराउनु भएको छ। हार्दिक शुभकामना

Wednesday, March 8, 2017

तिम्रो माया पाए पछीको रेकर्डिंग फाइनल।

तिम्रो माया पाए पछी सन्सार जिते झै लाग्छ जिबनका हरेक पल खुसिमा बितेझै लाग्छ गीत प्रेम प्रकाश मायालुको शब्द, सागर अबिरल जि सीको सङीत अनि मन्जु उपासनाको स्वरमा म्युजिक बैक स्टुडियोमा रेकर्डिंग फाइनल भएको छ।

Tuesday, March 7, 2017

मनोज सन्तोष रेकर्डिंगमा

बास मागी दिलमा छुरा चलाउनेको याद आयो बोलको गीत रेकर्डिंग पश्चात फोटो खिचाउँदै गायक मनोजराज र सङ्गीतकार सन्तोष श्रेष्ठ।

Monday, March 6, 2017

पूर्वान्चल यात्रा

पूर्वान्चल सांगीतिक यात्राको लागि गायक द्वय उदेश श्रेष्ठ र रोशन श्रेष्ठ। जाने क्रममा एयरपोर्टमा सेल्फी खिच्दै।

Sunday, March 5, 2017

सङ्गीतका ३ किङ्ग

नेपाली चलचित्र क्षेत्रका तीन अति नै लोकप्रिय सङ्गीतकारहरु क्रमश:राजनराज शिवाकोटी ,बसन्त सापकोटा ,सुरेश अधिकारी धुलिखेल फूड फेस्टिवलमा प्रस्तुति भन्दा अघि।

Saturday, March 4, 2017

ट्वाक्क टुक्क टीमको प्रस्तुति पोखरामा


पोखरामा आज दिनेश डी सी कृत ट्वाक्क टुक्क रेटर्न्सको विशेष प्रस्तुति भएको छ। जसमा अहिले चर्चित हास्य पात्रहरुलाई पनि विशेष अतिथिको रूपमा समेट्ने गरेको छ।

Friday, March 3, 2017

स्रष्टा सम्मान्नित


नाट्यश्वर कला केन्द्रले खुल्ला नृत्य प्रतियोगिताको साथ साथै स्रष्टाहरुलाई पनि सम्मान गरेको छ। त्रिशुलीको बट्टार मा भएको कार्यक्रमको एकझलक।

Purbali Kanchi - Mohan Gurung


Song - Purbali Kanchi
Album - Mohan Part 1
Singer - Mohan Gurung
Music - Raju Lama
Lyrics - Raju Lama
Camera - Sam / Sujil
Editor - Lujaw Singh
Dance -Jagat

Thursday, March 2, 2017

पञ्चेबाजा बजाएर पढाइ खर्च जुटाउँदै

रामपुर (पाल्पा), १९ फागुन । सिलुवा गाविसका १४ वर्षीय भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन् । उहाँले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ । उहाँ यही सहनाई बाजा बजाएर आफ्नो पढाइ खर्च जुटाउँदै आउनुभएको छ ।
सानै उमेरदेखि नै परियारले पञ्चेबाजामा विशेष चासो दिने गर्नुहुन्थ्यो । उहाँ लुकिछिपी बाजा बजाउन सिक्नु हुन्थ्यो । अहिले परियार कुशल सहनाईबादकका रुपमा चिनिन थाल्नुभएको छ । “विवाह, भोजभतेर, गाउँमा हुने विभिन्न सामाजिक कार्यमा बाजा बजाउँदै आएको छु,” उहाँले भन्नुभयो ।
बाजा बजाएवापत पाएको रकमबाट विद्यालयको शुल्क र शैक्षिक सामग्री खरिद गर्दैआएको उहाँ बताउनुहुन्छ । शारदा आधाभूत विद्यालय सिलुवामा कक्षा ७ मा अध्ययनरत परियारबाटै कक्षा ५ मा अध्ययनरत ११ वर्षीय शक्ति परियारले पनि पञ्चेबाजा बजाउन सिकिरहनुभएको छ ।
“पढाइलाई निरन्तरता दिँदै भविष्यमा सङ्गीतकार बन्ने सोच लिएको छु,” परियारले भन्नुभयो । बाजा बजाएर सङ्कलन गरिएको रकम पढाइ खर्च र अभिभावकलाई दिने गरेको उहाँले बताउनुभयो । “बाजा बजाउन थालेदेखि आर्थिक समस्या टर्दै गएको छ,” उहाँले भन्नुभयो ।
यहाँ १४ वर्षमुनिका सातजना बालकले तीन वर्षयता समूहमा सहनाई, बिकुल, झ्याली, ढोलक, दमाह, ट्याम्को र नरसिङ्गा बाजा बजाउँदै आएका छन् । गाउँका सामाजिक, सांस्कृतिक र विभिन्न कार्यका लागि बाजा बजाउन सो समूहलाई रोज्ने गरिन्छ ।
कक्षा ७ मा अध्ययनरत सङ्गम परियार झ्याली पिट्न निकै सिपालु हुनुहुन्छ । कक्षा ४ मा अध्ययनरत दिपेश परियार दमाहा बजाउन खप्पिस हुनुहुन्छ । उहाँ सानैदेखि अरुले दमाह बजाएको हेर्ने र त्यसैको सिको गरेर अहिले कुशल दमाहबादक बन्दै जानुभएको छ ।
पञ्चेबाजाअन्र्तगत दमाहा, ट्याम्को, नरसिङ्गा, सहनाई, झ्याली पर्दछन् । विशेष गरी विवाह, मेला तथा पर्वमा परम्परादेखिनै बजाइदै आएको पञ्चेबाजा हिजोआज कमै मात्रामा प्रयोग हुने गर्दछ । गाउँमै बाउबाजेले प्रयोग गर्दै आइरहेको पञ्चेबाजाका सामग्री बालकको समूहले चलनचल्तीमा ल्याएका हुन् । बूढापाका र युवापुस्ताले बजाएको जस्तै बालक समूहले बाजा बजाउने गरेको छ ।
दिनभर बाजा बजाएर समूहले रु १५ हजारदेखि रु १८ हजारसम्म पारिश्रमिक लिने गरेको सो समूहका सदस्य सङ्गम परियारले बताउनुभयो । “विवाहको समयमा विद्यालयबाट बिदा लिएर समेत बाजा बजाउन जाने गरेका छौँ,” उहाँले भन्नुभयो । सो समूहको प्रस्तुति देखेर नै यहाँका अधिकांशले उनीहरुलाई खोजी खोजी बोलाउने गरेका छन् । उनीहरु विवाहका लागि बाजा बजाउन रामपुर, बुटवल, स्याङ्जालगायतका स्थानसम्म पुग्ने गरेका छन् ।
विद्यार्थीको वाद्यबादनप्रतिको मोह, रुची र कला देख्दा हरेक विद्यालयमा सङ्गीतकला शिक्षण कार्यलाई समावेश गर्नु आवश्यक रहेको शिक्षक विष्णु सुनारीको भनाइ छ । “सैद्धान्तिक ज्ञानभन्दा पनि विद्यार्थीको रुची अनुसार शिक्षा दिन सके शिक्षण कार्य बढी प्रभावकारी बन्ने देखिन्छ,” उहाँले भन्नुभयो । परम्परागत शिक्षाले सिकाइमा उत्साहका सट्टा नैराश्यता सिर्जना गरेको उहाँको बुझाइ छ ।
FROM :-  http://www.osnepal.com

Wednesday, March 1, 2017

पुर्वाञ्चल महोत्सवको एक क्लिक।





पुर्वाञ्चल क्षेत्रिय औद्यिगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७३ को एक झलक जसमा चर्चित कलाकारहरुको बढी सहभागिता देख्न सकिन्छ जुन फागुन १२ देखि २१ गतेसम्म सँचालन हुँदैछ। उक्त अवसरमा चर्चित गायक शिव परियार र नायक श्रीदेव भट्टराई